PahiloPost

May 5, 2025 | २२ बैशाख २०८२

च्याम्पियन्स लिगमा रोनाल्डोको सय गोल पूरा, दुवै मड्रिड क्लब सेमिफाइनलमा



पहिलोपोस्ट

च्याम्पियन्स लिगमा रोनाल्डोको सय गोल पूरा, दुवै मड्रिड क्लब सेमिफाइनलमा

क्रिस्टियानो रोनाल्डो युरोपियन च्याम्पियन्स लिगमा सय गोल गर्ने पहिलो खेलाडी बनेको दिन स्पानिस जायन्ट रियल मड्रिड जर्मन क्लब वायर्न म्युनिखलाई समग्रमा ६-३ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

रोनाल्डोको ह्याट्रिक प्रेरित रियलले घरेलु मैदानमा भएको दोस्रो लेगमा पुनरागमन गर्दै दश खेलाडीको वायर्नलाई ४-२ ले पराजित गर्‌यो।

पहिलो लेगमा रोनाल्डोको दुई गोल मद्दतमा रियले वायर्नलाई २-१ ले हराएको थियो। त्यसमा  खेलमा २ गोल गरेपछि रोनाल्डो युरोपियन क्लब टूर्नामेन्टमा सय गोल गर्ने पहिलो खेलाडी बनेका थिए। 

अब भने रोनाल्डोको नाममा अर्को किर्तिमान थपिएको छ। च्याम्पियन्स लिगमा सय गोल गर्ने पहिलो खेलाडी।

उनका निकटतम प्रतिद्वन्दी रहेका अर्को स्पानिस क्लब बार्सिलोनाका लियोनल मेसीले ९४ गोल गरेका छन्। 

सान्टियागो वर्नावेउमा रोवर्ट लेवान्डास्कीले ५३औं मिनेटमा गोल गर्दै वार्यनलाई पहिले अग्रता दिलाए। ७६औं मिनेटमा रोनाल्डोले व्यक्तिगत पहिलो गोल गरेपछि रियलले खेल बराबरी गर्यो। तर त्यसको दुई मिनेटपछि नै कप्तान सर्गिइव रामोसले आत्मघाती गोल गरेपछि वार्यनले २-१ को अग्रता बनायो र समग्रमा खेल ३-३ को स्थितिमा पुर्‌यायो। 

यस्तोमा ८४ औ मिनेटमा वायर्नका अर्टुरो भिदालले दोहोरो पहेँलो रातो कार्ड पाउनु नै रियलका लागि फाइदाजनक हुन पुग्यो। 

निर्धारित ९० मिनेटको खेलमा वायर्नले २-१ को अग्रता बनाउँदै समग्रमा खेल बराबरी गरेपछि अतिरित्क समयमा खेल गयो। जसमा रोनाल्डोले दुई गोल गर्दै ह्याट्रिक पूरा गरे भने नतिजाले रियलले आफ्नो पक्षमा पार्‌यो। रोनाल्डोले १०५ र ११०औं मिनेटमा गोल गरे भने मार्को असेन्सियोले ११२औ मिनेटमा गोल गरे।

यस्तै रियलको छिमेकी क्लब एथ्लेटिको मड्रिड पनि इंगलिस क्लब लेस्टर सिटीलाई समग्रमा २-१ ले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ। घरेलु मैदानमा भएको पहिलो लेग १-० ले जितेको एथ्लेटिको दोस्रो लेगमा लेस्टरसँग १-१ को बराबरी रोकिएको हो। 

लेस्टरको घरेलु मैदानमा किंग पावर स्टेडियममा भएको खेलमा सउल निगेजले पहिलो हाफमा गोल गर्दै एथ्लेटिकोलाई अग्रता दिलाएका थए। 
दोस्रो हाफमा लेस्टरका लागि जेमी भार्डीले एक गोल फर्काएपनि त्यो लेस्टरका लागि जित हात पार्न पर्याप्त भएन। 

लेस्टर च्याम्पियन्स लिगमा डेब्यु गरेकै सिजन क्वाटरफाइनलसम्म पुगेको हो। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell