PahiloPost

May 5, 2025 | २२ बैशाख २०८२

प्रधानमन्त्रीको आह्वानमा प्रमुख पाँच दलको बैठक बालुवाटारमा



पहिलोपोस्ट

प्रधानमन्त्रीको आह्वानमा प्रमुख पाँच दलको बैठक बालुवाटारमा

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आसन्न स्थानीय तह निर्वाचन लगायतका राजनीतिक विषयमा परामर्श गर्न प्रमुख पाँच दलको बैठक बोलाएका छन्। स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा सत्ता सहयात्री दलबाटै दुई चरणमा निर्वाचन गर्नुपर्ने अभिव्यक्ति आइरहेका बेला प्रधानमन्त्रीले राजनीतिक परामर्श सुरु गरेका हुन्। 

प्रधानमन्त्रीले लामो समयपछि सत्ता सहयात्रीसँगै प्रमुख प्रतिपक्ष दललाई पनि छलफलमा बोलाएका हुन्। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी छ। बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका नेताहरु सहभागी छन्। 

चुनावको मिति नजिकिँदै गर्दा मधेशी मोर्चाले निर्वाचन कार्यतालिका बिथोल्ने गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। सत्तारुढ दल कांग्रेसले समेत मधेशी मोर्चाको सहभागिता बिनाको चुनावले निकास दिन नसक्ने बताउँदै आएको छ। गृहमन्त्री बिमलेन्द्र निधिले समेत राजनीतिक सहमति आवश्यक रहेको बताउँदै आएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell