PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

सिरहामा बस दुर्घटना, चालकको मृत्यु एक यात्रु घाइते



पहिलोपोस्ट

सिरहामा बस दुर्घटना, चालकको मृत्यु एक यात्रु घाइते

लहान : पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–३ स्थित सडकमा आज बिहान यात्रुवाहक बस पुलमा ठोक्किएर भएको दुर्घटनामा चालकको मृत्यु भएको छ। दुर्घटनामा एक यात्रु घाइते भएका छन् । 

काठमाडाँैबाट यात्रु लिएर कांकडभिट्टा आउँदै गरेको ना६ख ४९७७ नंको बस बिहान ५ बजेतिर अनियन्त्रित भई सडक छेउमा रहेको पुलमा ठोक्किएर पल्ँिटदा बसका चालक ३५ वर्षीय श्याम ढकालको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ। 

बसमा सवार ३३ जनामध्ये ललितपुर नख्खु–१४ निवासी ३२ वर्षीय सुरेश देवकोटा घाइते भएको र उनको विराटनगरस्थित भूमिका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell