PahiloPost

May 5, 2025 | २२ बैशाख २०८२

गृहमन्त्रीले निधिले भने ‘ट्विटका लागि टाइम हुन्न’



पहिलोपोस्ट

गृहमन्त्रीले निधिले भने ‘ट्विटका लागि टाइम हुन्न’

काठमाडौं : गृहमन्त्री बिमलेन्द्र निधिले आसन्न स्थानीय तह निर्वाचन सुरक्षाका लागि सरकार तयार रहेको बताएका छन्। प्रधानमन्त्रीले आह्वान गरेको प्रमुख पाँच दलको बैठकबाट बाहिरिने क्रममा मन्त्री निधिले सुरक्षा प्रदान गर्न सरकार तयार रहेको बताए। 

उनले आफ्नै नेतृत्वमा केन्द्रीय सुरक्षा समन्वय समिति गठन भइसकेको पनि जानकारी दिए। निर्वाचनमा सेनाले समेत सुरक्षा प्रदान गर्ने उनले बताए। 

यसअघि चुनावी सुरक्षा प्रर्याप्त नभएको भन्ने मध्यरातमा ट्विट किन भन्ने सञ्चारकर्मीको प्रश्नमा मन्त्री निधिले ट्विट लेख्नका लागि कुनै खास समय नभएको बताए।

‘ट्विटका लागि टाइम हुन्न। म कति निर्वाचनका लागि सक्रिय रहेछु भन्ने पनि यसले बताउँछ। गृह मन्त्रालय सुरक्षा व्यवस्थापनमा लागेको छ, सुत्दैन भन्ने पनि त हो नि' निधिले हाँस्दै सञ्चारकर्मीसँग भने ‘ट्विटका लागि पनि समय हुन्छ र?’


निधिले सोमबार राति २ बजेर ४१ मिनेटमा ‘निर्वाचन आयोग र सुरक्षा प्रबन्ध पर्याप्त छैन। चुनाव सफलताका लागि संवादबाट राजनीतिक समाधान आवश्यक छ।’ भन्ने ट्विट लेखेपछि आलोचना भएको थियो। सुरक्षा प्रवन्धको सट्टा अनावश्यक टिप्पणी भन्दै उनको आलोचना भएको थियो।

आलोचनापछि निधिले निर्वाचन तयारीका लागि सुरक्षा प्रवन्धमात्र मुख्य नभई राजनीतिक सहभागिता र समाधान पनि आवश्यक रहने भन्दै दोस्रो ट्विट लेखका थिए। दोस्रो संशोधित ट्विटपछि पनि उनको आलोचना भएको थियो। निर्वाचन आयोगले मन्त्रीको भनाईप्रति आपत्ति जनाउँदै विज्ञप्ति नै प्रकाशन गरेको थियो।  

पाँच दलको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी प्रस्तावका रुपमा नभई व्यक्तिगत रुपमा दुई चरणमा निर्वाचनको प्रस्ताव गरेको पनि निधिले बताए। मधेशी मोर्चा निर्वाचनमा सहभागी हुने सन्दर्भमा दुई चरणमा निर्वाचन गर्ने प्रधानमन्त्रीको प्रस्ताव थियो। मधेशी मोर्चालाई वैशाखद ३१ गतेकै निर्वाचनमा सहभागी गराउने प्रयास भइरहेको उनले बताए।

तस्विर : युपी लामिछाने
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell