PahiloPost

Apr 26, 2026 | १३ बैशाख २०८३

१५२ करोड कमाइ सकेको फिल्म 'ट्युबलाइट'को बल्ल पोस्टर रिलिज



पहिलोपोस्ट

१५२ करोड कमाइ सकेको फिल्म 'ट्युबलाइट'को बल्ल पोस्टर रिलिज

बलिउड स्टार सलमान खान अभिनित फिल्म 'ट्युबलाइट'को पहिलो पोस्टर सार्वजनिक भएको छ। बुधबार सलमानले आफ्नो अफिसियल ट्विटर मार्फत फिल्मको पोस्टर रिलिज गरेका हुन्।

पोस्टरमा सलमानको फिचरिङ छ। पोस्टरमा लेखिएको छ,'क्या तुम्हे एकिन है?'
सलमानले त्यही हरफ कोट गर्दै दर्शकलाई आउँदो फिल्मको पोस्टर देखाए।
 

प्रिरिलिज १५२ करोड कमाएको फिल्मलाई कबिर खानले निर्देशन गरेका हुन्। फिल्मको पोस्ट प्रोडक्शनको काम सक्किनु अघि भारतको थिएट्रिकल राइट्स र म्युजिक राइट्स बिक्री भएको हो। फिल्मको थिएटर राइट्स १३२ करोडमा बिक्री भएको हो भने तीन गीतलाई सोनी इन्टरटेनमेन्टले २० करोडमा किनेको हो।

फिल्ममा सलमान खान, सोहेल खान र चिनिया अभिनेत्री झुझुको मुख्य भूमिका रहेको छ। हिस्ट्रोरिकल वार ड्रामा इदको उपलक्ष्यमा जुन २३ बाट प्रदर्शनमा आउँदै छ।
 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell