
काठमाडौं: यही अप्रिल १६ मा अभिनेत्री रेखा थापाले केहि फिल्म पत्रकारलाई बोलाएर आफ्नी आमा सरस्वती थापाको जन्मदिन मनाइन्। केक काटेको फोटो पोस्ट गर्दै उनले लेखेकी छिन्,'म तपाईंकी छोरी हुन पाउँदा गर्व महसुस गर्छु।'
रेखा जस्तै अन्य अभिनेत्रीहरुले पनि आफ्नो आमासँग बिताएको समय इन्स्टाग्राम, फेसबुक ट्विटर जस्ता सञ्जालमा राख्ने गरेका छन्।
नेपाली अभिनेत्रीले आफ्नो सफलता, लोकप्रियता वा आफ्नो खुशीको श्रेय पनि आमालाई दिने गरेको पाइन्छ। अन्तर्वातामा होस् वा सामान्यतया कुनै कार्यक्रममा मन्तव्य राख्दा अभिनेत्रीले आफ्नो आमालाई सम्झन्छन्।
हेर्नुस् केहि नेपाली अभिनेत्री र आमाको प्रेम झल्काउने फोटो:
प्रियङ्का कार्की र आमा रक्षा मल्होत्रा
रेखा थापा र आमा सरस्वती थापा
रीमा विश्वकर्मा र आमा कृष्णदेवी विश्वकर्मा
वर्षा राउत आमासँग
वर्षा शिवाकोटी आमासँग
करिश्मा मानन्धर र आमा कोमल केसी
बेनिशा हमाल आमा सकुन्तला हमालसँग