PahiloPost

Apr 26, 2026 | १३ बैशाख २०८३

'एलजी फिल्म अवार्ड'को लागि आवेदन खुल्ला



पहिलोपोस्ट

'एलजी फिल्म अवार्ड'को लागि आवेदन खुल्ला

काठमाडौं: सिनेमा सर्कलको आयोजनामा गत वर्ष भएको 'एलजी फिल्म अवार्ड' को दोस्रो संस्करण हुने भएको छ। सिनेमा सर्कलले दोस्रो एलजी फिल्म अवार्डमा सहभागिताका लागि फिल्म दर्ता आह्वान गरेको छ।

२०७३को चैत मसान्तसम्म प्रदर्शनमा आएका फिल्मले अवार्डमा सहभागिता जनाउन पाउने अवार्ड व्यवस्थापक दीनेश डिसीले बताएका छन्। हरेक फिल्मले १२ उपाधीका आवेदन भर्न पाउने छन्।

२०७२का लागि प्रदर्शन भएका विजेता फिल्महरुलाई अवार्ड वितरणको अवसरमा आयोजना गरिएको पहिलो एलजी फिल्म अवार्ड समारोहमा बलिउड अभिनेता शत्रुघन सिन्हाको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा उनको बायोग्राफी 'एनिथिङ बट खामोस' नेपालका लागि विमोचन गरियो।

अवार्डको दोस्रो संस्करणका लागि इच्छुक फिल्म निर्माण युनिटले यही बैशाख १६ गतेसम्ममा फिल्म दर्ता गर्न सक्नेछन्। जसका लागि कुनै शुल्क नलाग्ने जनाइएको छ।

फर्म भर्नका लागि यहाँ क्लिक गर्नुस्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell