PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

किन ब्यान भयो पुनम पाण्डे एप्लिकेशन?



पहिलोपोस्ट

किन ब्यान भयो पुनम पाण्डे एप्लिकेशन?

बलिउड अभिनेत्री तथा मोडल पुनम पाण्डेको व्यक्तिगत मोबाइल एप्लिकेशनमा गुगलले प्रतिबन्ध लगाएको छ। पुनम पाण्डे नामक एप्लिकेशन मार्फत उनले फ्यानहरुसँग जोडिने बताएकी थिइन्।

पुनमको एप गुगल प्लेस्टोरमा लञ्च गरेको १५ मिनेटमा पन्ध्र हजार पटक डाउनलोड भएको बलिउड हंगामाले जनाएको छ। तर एप्लिकेशन ब्यान हुनुको कारण बारे आफू स्पस्ट नभएको पुनमले बताएकी छिन्। भनिन्,'गुगलको प्ले स्टोर र एप स्टोरमा कति धेरै एडल्ट म्यागेजिनहरु ब्यान भएका छैनन्? मेरो किन भयो?' उनले एपमा कुनै तश्विर नग्न नभएको समेत जानकारी दिइन्।

गुगलले एप्लिकेशन ब्यान गरे पनि पुनमका एनड्रोइड प्रयोगकर्ता फ्यानले उनको अफिसियल वेबसाइटमा गएर एप डाउनलोड गर्न सक्छन्। उनी हाल सामाजिक सञ्जालमा गुगललाई प्रश्न गर्नतिर लागेकी छिन्। आफ्नो एप किन ब्यान भयो? भन्दै ह्यास ट्याग सहित पोस्टहरु गर्दैछिन्।

'आ गया हिरो' पछि पुनम कुनै पनि फिल्ममा देखिएकी छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell