PahiloPost

Jan 14, 2026 | १ माघ २०८२

एसियाली भारोत्तोलन च्याम्पियनसिपमा नेपालबाट कमल बहादुरले प्रतिस्पर्धा गर्ने



पहिलोपोस्ट

एसियाली भारोत्तोलन च्याम्पियनसिपमा नेपालबाट कमल बहादुरले प्रतिस्पर्धा गर्ने

काठमाडौं : एसियाली सिनियर भारोत्तोलन च्याम्पियनसिपमा नेपालबाट कमल बहादुर अधिकारीले प्रतिस्पर्धा गर्ने भएका छन्। 

च्याम्पियनसिपमा सहभागी हुन ४ सदस्यीय नेपाली भारोत्तोलन टोली बिहीबार तुर्कमिनिस्तानको अस्गाबाद प्रस्थान गर्दैछ। च्याम्पियनसिप शुक्रबारबाट सुरु हुनेछ।  

अप्रिल २१ देखि २९ तारिखसम्म हुने च्याम्पियनसिपमा १० औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी कमलबहादुर अधिकारीले पुरुष ८५ केजीमा प्रतिस्पर्धा गर्नेछन्। यो तौलसमूहको राष्ट्रिय कीर्तिमान कमलकै नाममा छ। कमलले अप्रिल २७ तारिखमा प्रतिस्पर्धा गर्नेछन्

बेइजिङ ओलम्पिकमा सहभागी कमलको नाममा स्न्याचतर्फ १ सय १३ र क्लिन एन्ड जर्कतर्फ १ सय ५५ केजीको राष्ट्रिय कीर्तिमान छ। 
नेपालको प्रशिक्षकमा ओलम्पियन सुनीललाल जोशी छन्।

१९८३ मा सिरियामा भएको एसियन च्याम्पियनसिपमा नेपालका सुरेन्द्र हमालले कास्य पदक जितेका थिए। जुन नेपाली भारोत्तलनले जितेको अहिलेसम्मको ठूलो पदक हो।

भारोत्तोलन संघका अध्यक्ष रतनकुमार तण्डन प्रतियोगिताकै दौरान हुने एसियाली भारोत्तोलन संघको कंग्रेस भाग लिन नेपाली टोलीसँगै जाँदैछन्।

यस्तै एसियाली प्राविधिक कमिटीका सचिव समेत रहेका नेपाल भारोत्तोलन संघका महासचिव पार्थ सारथी सेन गुप्त पनि टोलीसंगै अस्गाबाद जाँदैछन्। 

नेपाल टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले बुधबार सातदोबाटोमा बिदाइ गरे।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell