स्पानिस जायन्टस बार्सिलोना युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलबाटै बाहिरिएको छ। पहिलो लेगमा इटालिनय जायन्ट्स युभेन्ट्ससँग ३-० ले पराजित भएको बार्सिलोना घरेलु मैदानमा भएको दोस्रो लेगमा गोलरहित बराबरीमा रोकिएपछि लगातार दोस्रो पटक सेमिफाइनल पुग्न असफल भएको हो।
यता बार्सिलोनालाई समग्रमा ३-० ले हराउँदै युभेन्ट्स सेमिफाइनलमा पुगेको छ।
प्रि क्वाटरफाइनलमा पिएसजी विरुद्ध अवे म्याच ४-० ले हारेर पनि दोस्रो लेगमा ६-१ को जित निकाल्दै नतिजा उल्टाएको बार्सिलोनाले क्वाटरफाइनल दोस्रो लेगमा युभेन्ट्स विरुद्ध भने सोही नतिजा दोहोर्याउन सकेन।
सन् २०१५ युभेन्ट्सलाई नै हराउदै बार्सिलोनाले पछिल्लो पटक च्याम्सपियन्स लिगको उपाधि जितेको थियो। क्वाटरफाइनलमा बार्सिलोनामाथि हात पारेको जितसँगै इटालियन क्लबले उक्त हारको बदला समेत लएको छ।
यस्तै अर्को क्वाटरफाइनलमा फ्रेन्द्ब क्लब मोनाको जर्मन क्लब रुसिया डर्टमण्डलाई समग्रमा ६-३ ले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ। पहिलो लेगमा ३-२ को जित हात पारेको मोनाकोले दोस्रो लेगमा ३-१ को जित निकालेको हो।
मोनाकोलाई जित दिलाउन काएलेन एमबापे, रालेमेल फाल्काओ र भालेरे जर्मेनले गोल गरे। डर्टमण्डका लागि मार्को रिउसले सान्त्वना गोल गरे।
मोनाको च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको सन् २००४ पछि यो पहिलो पटक हो भने २००९ पछि अन्तिम चारमा स्थान बनाउने पहिलो फ्रेन्च क्लब समेत बनेको छ।
यसअघि स्पेनका दुई मड्रिड क्लब रियल र एथ्लेटिको सेमिफाइनल प्रवेश गरिसकेका छन्। च्याम्पियन्स लिग सेमिफाइनल ड्र शुक्रबार हुनेछ।