PahiloPost

May 5, 2025 | २२ बैशाख २०८२

राजधानीको पेट्रोल पम्पमा सवारी साधनको लाइन, निगम भन्छ ‘आत्तिनु पर्दैन तेल आइरहेको छ, स्टक पनि छ’



पहिलोपोस्ट

राजधानीको पेट्रोल पम्पमा सवारी साधनको लाइन, निगम भन्छ ‘आत्तिनु पर्दैन तेल आइरहेको छ, स्टक पनि छ’

काठमाडौं : चुनाब विथोल्न मधेशी मोर्चाको बन्द घोषणासँगै राजधानीमा उपभोक्ताले पेट्रोलियम पदार्थ स्टक राख्न थालेका छन्। 

तेल स्टक राख्न थालेका कारण पेट्रोलको माग एकाएक दोब्बर भएको छ। नेपाल आयल निगमका अनुसार मोर्चाको आन्दोलन घोषणापछि पेट्रोलको माग सात लाख लिटर पुगेको छ। यसअघि राजधानीमा दैनिक पेट्रोलको माग साढे तीन लाख लिटर मात्रै थियो। उपभोक्ताले तेल स्टक राख्न थालेकोले राजधानीमा पम्पमा सवारी साधनको लाइन देखिन थालेको छ।

निगमका प्रवक्ता सीताराम पोखरलले आन्दोलनको घोषणाका कारण राजधानीमा पेट्रोलको माग दोब्बर भएको बताए। उनले पेट्रोल स्टक गरेर राख्न थालेकोले माग बढेको बताए। 'तीन दिनअघिसम्म साढे तीन लाख लिटर दिँदा कुनै समस्या थिएन। तर अहिले पेट्रोलको माग सात लाख लिटर पुगेको छ’, उनले भने, ‘उपभोक्तामा मनोवैज्ञानिक त्रासले स्टक गरेर राख्न थालेको देखिन्छ।'

उनले भारतबाट सहज रुपमा पेट्रोलियम पदार्थ आइरहेको बताउँदै उपभोक्ता आत्तिएर स्टक नराख्न आग्रह गरे। 'उपभोक्ता आत्तिएर पेट्रोल स्टक राख्नुपर्ने अवस्था छैन। भारतले मागेको जति तेल दिइरहेको छ। हामीसँग पनि स्टक राम्रै छ।' 

पोखरेलले गर्मीको समयमा तेल स्टक गर्नु जोखिमपूर्ण हुने बताउँदै जथाभावी तेल स्टक राखेर जोखिम नबढाउन आग्रह गरे।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell