PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

च्याम्पियन्स ट्रफी : १५ सदस्यीय अष्ट्रेलियाली क्रिकेट टोली घोषणा



पहिलोपोस्ट

च्याम्पियन्स ट्रफी : १५ सदस्यीय अष्ट्रेलियाली क्रिकेट टोली घोषणा

आगामी जुन १ देखि १८ सम्म इंगल्याण्डमा हुने च्याम्पियनसिप ट्रफीका लागि स्टिभ स्मिथको कप्तानीमा १५ सदस्यीय अष्ट्रेलियाली क्रिकेट टोलीको घोषणा भएको छ।

टोलीमा फास्ट बलर मिचेल स्टार्क र क्रिस लिएनले समेत स्थान बनाएका छन्। स्टार्क चोटका कारण आरम गरिरहेका छन् भने क्रिस आइपीएल क्रमम चोट लागेपछि मैदान बाहिर छन्। 

स्टार्कसँगै जोस हाजलउड, प्याट कमिङ्स र जेम्स प्याटिनसन चारै फास्ट बलर टोलीमा छन्। यस बाहेक फास्ट बलिङ अलराउण्डर मोएसिस अनरिके, मार्सकु स्टोइनिस र जोन हास्टिङ पनि टोलीमा छन्। अर्का फास्ट बलिङ अलराउण्डर जेम्स फकनरले भने टोलीमा स्थान बनाउन सकेनन्।

स्पिनरमा एडम जम्पा छन् भने उनलाई स्पिन बलिङ अलराउण्डर ग्लेन म्याक्सवेल र ट्रेभिस हेडले साथ दिनेछ।

अष्ट्रेलियन टोली
स्टिभ स्मिथ (कप्तान), डेविड वार्डर, आरोन फिन्च, म्याथ्यु वेड, क्रिस लिएन, मोएसिस अनरिके, मार्सकु स्टोइनिस, जोन हास्टिङ, ग्लेन म्याक्सवेल, ट्रेभिस हेड, मिचेल स्टार्क, जोस हाजलउड, प्याट कमिङ्स, जेम्स प्याटिनसन, एडम जाम्पा

यस्तै ए बी डे भिलियर्सको कप्तानीमा दक्षिण अफ्रिकन टोली पनि घोषणा भएको छ। जसमा फास्ट बलर मोर्ने मोर्केलले कमब्याक गरेका छन् भने डेल स्टेन टोलीमा पर्न असफल भएका छन्।

दक्षिण अफ्रिकन टोली
ए बी डे भिलियर्स (कप्तान), हसिम अमला, क्वेन्टन डे कक, फाप डु प्लेसिस, जे पी डुमिनी, फराह बेहारदिन, डेविड मिलर, क्रिस मोरिस, मोर्ने मोर्केल, वायने पार्नेल, खागिसो रबाडा, इमरान ताहिर, केशव महारेज, ड्वाइन प्रेटोरिओस, अन्डिल पेहलुकवायो 

बंगलादेशी टोली
मोसरफ मोर्तजा (कप्तान), तमिम इकवाल, सौम्य सरकार, इमरुल कायस, मुस्फिकर रहिम, शकिब अल हसन, सबिर रहमान, मोहमुदुल्लाह, मोसाडेक होसेन, मुस्ताफिजुर रहमान, रुबेल होसेन, तस्किन अहमद, सुनजमुल इस्लाम, मेहदी हसन, सफिउल इस्लाम




 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell