PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

विमान खरिदमा जमानत बस्ने मन्त्रिपरिषद्को निर्णय, 'बिपी र पुष्पलाल पार्क' बनाउन एक करोड



पहिलोपोस्ट

विमान खरिदमा जमानत बस्ने मन्त्रिपरिषद्को निर्णय, 'बिपी र पुष्पलाल पार्क' बनाउन एक करोड

काठमाडौं : मन्त्रिपरिषदको बैठकले नेपाल वायु सेवा निगमको दुई वाइडबडी जहाज खरिदका लागि जमानत बस्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसेको बैठकले एयरबस खरिदमा जमानत बस्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद् बैठकपछि उर्जामन्त्री जनार्दशन शर्माले विमान खरिदको जमानत बस्ने निर्णय भएको बताए। विमान खरिदका लागि नेपाल एयरलाइन्स र अमेरिकन लिजिङ कम्पनी (एएआर) कर्पोरेसनबीच खरिद सम्झौता भइसकेको छ। 

यस्तै, मन्त्रिपरिषदले प्रधानसेनापति राजेन्द्र क्षेत्रीको अमेरिका भ्रमण पनि अनुमोदन गरेको छ। बैठकले सिन्धुलीको दुम्जामा विपी कोइराला तथा रामेछापमा पुष्पलाल श्रेष्ठको नामबाट पार्क निर्माणका लागि ५०/५० लाख दिने निर्णय गरेको छ। 

बैठकले युरोपियन युनियनलाई जग्गा खरिदको अनुमति दिएको छ। नेपाली सेनाका प्रमुख सेनानी गौरव केसीलाई महासेनानीमा बढुवा गर्ने निर्णय बैठकले गरेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell