PahiloPost

May 5, 2025 | २२ बैशाख २०८२

मुसहर नमूना बस्तीको दर्ता शुल्क नलिने सरकारको निर्णय



पहिलोपोस्ट

मुसहर नमूना बस्तीको दर्ता शुल्क नलिने सरकारको निर्णय

काठमाडौं : सरकारले धुर्मुस सुन्तली फाउन्डेशनद्वारा निर्मित मुसहर बस्तीका घर–जग्गा दर्ता निःशुल्क गर्ने भएको छ। बिहीबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले सीताराम कट्टेल र कुञ्जना घिमिरेको नेतृत्वमा तयार भएको नमूना मुसहर बस्तीभित्र ५० घर र बस्ती बाहिरका अन्य तीन घरको दर्ता शुल्क नलिने निर्णय गरेको उर्जामन्त्री जनार्दशन शर्माले बताए।

सरकारको निर्णयले दोहोरो दर्ता पक्रियामा सहज भएको कट्टेलले बताए। पहिलोपोस्टसँग उनले भने, ‘एकदम महत्वपूर्ण घडीमा सरकारले आफ्नो तर्फबाट दिन सक्ने साथ दिएको छ। बस्तीको दोहोरो दर्ता प्रक्रियाले अप्ठ्यारो थियो। समय र पैसा दुबै पक्षमा राहत मिल्ने भयो।’ 

बस्तीको जग्गा पहिले धुर्मुस सुन्तली फाउन्डेशनको नामा दर्ता गरेर पुनः हरेक घरमूलीको नाममा लालपूर्जा बनाउनु पर्ने अवस्था रहेको उनले जानकारी दिए। दर्ता निःशुल्क गराउनका लागि फाउन्डेशनले भूमिसुधार मन्त्रालयमा प्रस्ताव गरेको थियो।

धुर्मुस सुन्तली फाउन्डेशनले यही बैशाख १ गते बस्ती हस्तान्तरण गरेको हो। ५३ वटा घर, सामुदायिक भवन, बाल उद्यान, मन्दिर, भ्युटावर, प्रतीक्षालय, प्रवेशद्वार, पक्की सडक, मुसहर कुल देवताको मन्दिर लगायतका संचरना बस्तीमा निर्माण भएका छन्। 

घर र अन्य संरचना गरी कूल लागत पाँच करोड चार लाख रुपैयाँ रहेको फाउन्डेसनले जानकारी दिएको छ। बस्ती चार महिनामा तयार भएको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell