PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

 'घामपानी'ले उठायो लगानी, दोस्रो हप्ताबाट फिल्म नाफामा



पहिलोपोस्ट

 'घामपानी'ले उठायो लगानी, दोस्रो हप्ताबाट फिल्म नाफामा

काठमाडौं: बैशाख एक गतेबाट प्रदर्शनमा आएको फिल्म 'घामपानी'ले पहिलो हप्तामै लागत रकम उठाएको निर्देशक दीपेन्द्र लामाले बताए। फिल्मले एक हप्तामै एक करोड माथीको व्यापार गरेको उनको दाबी छ। फिल्मको लगानी ८० लाख रहेको थियो।

फिल्म काठमाडौं भित्र बीस र मोफसलमा चालिस हलहरुमा प्रदर्शनरत छ। काठमाडौं भित्रबाट ६० प्रतिशत र बाहिरबाट ४० प्रतिशन ग्रस कलेक्शन फिल्मको रहेको लामाको दाबी छ।

फिल्मले ओभरसिज राइट्स व्यापार गरेर फिल्म निर्मातालाई नाफामा लगे पनि, देश भित्रकै नेट कलेक्शनबाट नाफा गराउन आउँदो हप्ता पनि दर्शकको फ्लोलाई बाँधी राख्नुपर्छ।

'मास पब्लिसिटी र प्रतिक्रियाहरु राम्रो आइ रहेको छ। फ्लो आउँदो हप्ता पनि राम्रो रहन्छ भन्ने आश हो', दीपेन्द्रले भने।

फिल्म अमेरिका, हङकङ, क्यानडा, कोरिया, अष्ट्रेलिया गरेक पाँच देशमा प्रदर्शनका लागि बिक्री भइसकेको छ। त्यस्तै युके, सिंगापूर, जापान, दुबई लगायतको ओभरसिज राइट्स बिक्रीका लागि प्रक्रियामा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell