
काठमाडौ: फिल्म 'मिस्टर झोले' प्रोडक्शनमा निस्कने भएको छ। बिहिबार भाटभटेनी मन्दिरमा कार्यक्रम आयोजना गरी फिल्मको शुभसाइत गरिएको हो।
रामबाबु गुरुङको निर्देशनमा बन्ने फिल्ममा दयाहाङ राई र वर्षा राउतको मुख्य अभिनय रहने बताइएको छ। साथै बुद्धी तामाङ, लक्ष्मी वर्देवा, प्रविण खतिवडा, सरोज अर्याल, पुष्कर गुरुङ, अरुणा कार्की लगायत कलाकारको पनि भूमिका रहने छ।
टेकेन खड्काको निर्माण रहने फिल्म यही बौशाक ११ गतेबाट छायांकनका सागि फ्लोरमा जाँदैछ। फिल्म कास्कीको विभिन्न स्थलमा खिचिने जानकारी दिइयो। फिल्मलाई शोलेन्द्र कार्कीले खिच्नेछन्। फिल्म युनिटले आउँदो मङ्सिरका लागि रिलिज टार्गेट गरेको छ।
फोटो: नयाँ पेज