
काठमाडौं : महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआइजी मिङमार लामाले सवारी चालकलाई कारवाही गरेबापत ट्राफिक प्रहरीले पाउने कमिसन कटाउनु पर्ने बताएका छन्।
बिहिवार विभिन्न उपत्यकाका सरोकारवालाहरुले १७ बुँदे माग राख्दै बुझाएको ज्ञापनपत्र बुझ्दै डिआइजी लामाले भने 'सर्वसाधरणामा ट्राफिक प्रहरीले जरिवना मार्फतको कमिसन पाउनकै लागि जबर्जस्तिम कारवाही गर्छ भन्ने छाप छ यसलाई हटाउन कमिसन हटाउनुपर्ने देखिन्छ।'
ट्राफिक प्रहरीले पाउने कमिसन सडकमा खटिने प्रहरीले पाउने प्रकृया समेत झन्झटिलो भएकाले यो व्यवस्था हटाउन आफुले यातायात मन्त्रिदेखि यातायात व्यवस्था विभागमा समेत कुरा गरेको उनले जानकारी गराए।
पैदल यात्रु र सवारी चालकमा सडक सुरक्षा सम्वन्धी ज्ञान भएपनि अटेर गर्ने बानीले दुर्घटना बढेको उनले बताए।
उपत्यका भित्र सवारी दुर्घटना परि मृत्यु हुनेमा ४० प्रतिशत पैदलयात्रु रहेको महाशाखाको रेकर्ड छ। उपत्याभित्रको फुटपाट व्यवस्थापन गर्न लागि परेको उनले बताए।
उपत्याभित्रको ट्राफिक व्यवस्थापन सुधार गर्ने पर्ने लगायतका माग राख्दै सरोकारवाल पक्षले महाशाखा पुगेर लामालाई ज्ञापन पत्र बुझाएका थिए।