PahiloPost

May 5, 2025 | २२ बैशाख २०८२

संघर्षका कार्यक्रम स्थगित : राप्रपा



पहिलोपोस्ट

संघर्षका कार्यक्रम स्थगित : राप्रपा

काठमाडौं : निर्वाचन आयोगले पार्टीको विधानको प्रस्तावना र उद्देश्यमा रहेको शब्द हटाएको भन्दै आक्रोशित राप्रपा आफ्नो अडानबाट पछि हटेको छ। 

पार्टीले विज्ञप्ति जारी गर्दै निर्वाचन मुख्य एजेन्डा भएकाले अहिले यी मागहरुलाई थाती राख्ने निर्णय गरायो। 

स्थानीय तहको निर्वाचन राप्रपाको मुख्य एजेण्डा भएको, निर्वाचन सुनिश्चितता पार्टीको प्राथमिकता भएको तथा निर्वाचन आयोगले पार्टीको माग बमोजिमको विषय हाल कार्यान्वयन नगर्ने निर्णय गरेको तथ्यसमेत दृष्टिगत गर्दै पार्टीले संचालन गर्ने संघर्षको कार्यक्रम अहिलेलाई स्थगित गरेको छ। 

यद्यपि पार्टीको विधान संशोधन गर्ने निर्वाचन आयोगको निर्णय पूर्ण रुपमा नसच्याइएसम्म राप्रपाको विरोध जारी रहने छ र आगामी चुनावमा समेत यो विषयलाई सशक्त ढंगबाट उठाइने विज्ञप्तिमा उल्लेख छ।
 
निर्वाचन आयोगले राप्रपा पार्टीको विधानबाट 'सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वातन्त्रता सहितको सनातन हिन्दु राष्ट्र' एवं 'राजसंस्था सहितको लोकतन्त्र' हटाएपछि विभिन्न आन्दोनका कार्यक्रमहरु गर्दै आएको थियो।



 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell