
पिएफए प्रिमियर लिग टिम अफ दी इअरमा चेल्सी र टोटनहमबाट समान ४- ४ खेलाडी पर्दा आर्सनल र म्यानचेष्टर सिटीबाट कुनै खेलाडी टिमम अटाउन सकेनन्।
यस्तै लिभरपुल, म्यानचेष्टर युनाइटेड र एभरटनबाट भने समान एक खेलाडी परेका छन्।
चेल्सीबाट मिडफिल्डरद्वय एडेन हाजार्ड र एनगोलो कान्टे तथा डिफेण्डरद्वय ग्यारी काहिल र डेविड लुइज परेका छन् भने टोटनहमबाट फरवार्ड ह्यारी केन, मिडफिल्डर डेले अली तथा डिफेण्डरद्वय केल वाल्कर र ड्यानी रोज छन्।
युनाइटेडबाट गोलरक्षाक डेविड डे हेअ, लिभरपुलबाट मिडफिल्डर साडियो माने तथा एभरटनबाट फरवार्ड रोमेलु लुकाकु टिम अफ दी इअरमा पर्न सफल भएका छन्।