PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

फोटोमा हेर्नुस्, मधेस केन्द्रीत पाँच दलको एकता

फोटोमा हेर्नुस्, मधेस केन्द्रीत पाँच दलको एकता

दीपेन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौँ : मधेस केन्द्रीत राजनीति गर्दै आएका पाँच दल एक भएर राष्ट्रिय जनता दलको घोषणा गरेका छन्। राजधानीमा कार्यक्रम आयोजना गरि तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, तराई मधेस सद्भावना पार्टी र फोरम गणतान्त्रिकले एकता गरेका हुन्। एकतासँगै उनीहरुले निर्वाचन चिन्ह छाता राख्ने भएका छन्। साथै पार्टीको झण्डा पनि सार्वजनिक गरेका छन्। 

एकताका लागि नेताहरु मञ्चमा बसेका थिए। कार्यक्रम अनुसार सहिदको फोटोमा माल्यार्पण भयो। सहिदको सम्झनामा दुइ मिनेट मौन धारण। अनि अधिवक्ता दिपेन्द्र झाले धारणा राखे। लगत्तै विजयकान्त कर्ण बोले। तर ३ बज्न समय लागेपछि केहीबेर उद्घघोषक आफैँ एकताको ब्याख्यामा माइकलाई व्यस्त पार्न जुटे। नेताहरुले घडी हेरे। कतिले मोबाइलमा समय हेरे। अनि सद्भावना महासचिव मनिषकुमार सुमनले एकताका लागि सहि समय भएको बताए। नेताहरुले हातबाट एकता भएको घोषणा गरिएको प्रेस विज्ञप्तीमा हस्ताक्षर गरे। अनि नयाँ पार्टीको घोषणा भयो। 
 


ट्रेन्डिङ पोस्ट

Ncell