
काठमाडौँ : सांसदहरु स्थानीय तहको निर्वाचनको प्रचारप्रसार तथा उम्मेद्वारको टुङ्गो लगाउन जिल्ला गएपछि संसद बैठक बिहिबार प्रभावित भएको छ।
ठूलो संख्यामा सांसदहरु अनुपस्थित भएपछि संसद बैठक आउँदो १० गतेसम्का लागि स्थगित भएको छ।
संसद बैठकमा विद्युत नियमन आयोग गठन विधेयक सैद्धान्तिक स्वीकृति गर्नु अघि नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले कोरमको प्रश्न उठाएका थिए।
सुवालले संसद बैठक सञ्चालन हुन कुल संख्याको २५ प्रतिशत अर्थात् १ सय ४९ सांसद उपस्थित हुनुपर्नेमा नभएको बताएका थिए।
सुवालको नियमापत्ती पछि ३ मिनेट जनाउ घण्टी बजाएर सांसदहरुको गणना गरिएको थियो। तर ९० सांसद मात्र बैठकमा उपस्थित भएका थिए। संसद बैठकमा कोरम पुर्याउने जिम्मा सत्तापक्षको हुन्छ।
सांसदहरु ठूलो संख्यामा अनुपस्थित भएपछि बैठक आउँदो दश गतेसम्मका लागि स्थगित गरिएको छ।