
काठमाडौं: विश्व कीर्तिमान राख्ने दाबी गरिएको फिल्म 'जालो'को ट्रेलर रिलिज भएको छ। एक सटमा खिचिएको फिल्म जालो र जालो सिक्वेलको बिहिबार एक कार्यक्रम बिच फिल्मको ट्रेलर र पोस्टर सार्वजनिक गरिएको हो।
'एक सट दुई फिल्म'को विश्व कीर्तिमान राख्न बनाइएको फिल्ममा जसमा निर शाह, अनुप बिक्रम शाही, निराजन प्रधान, मेनुका प्रधान, लक्ष्मी वर्देवा, मुना गौचन, रेमन दासको मुख्य अभिनय रहेको छ।
फिल्म बारे बोल्दै निर शाहले भने,'फिल्म यसरी पनि बन्छ भन्ने कुरा बुझ्नका लागि भएपनि फिल्म हेर्नै पर्छ।'
फिल्मले एक सटमा खिचिएको सबैभन्दा लामो, लामो फिल्म खिच्ने छायाँकार र सबैभन्दा लामो फिल्ममा अभिनय गर्ने कलाकार गरी तीन बिधामा विश्व कीर्तिमान दाबी गर्ने युनिटले जनाएको छ।
चलचित्र बिकास बोर्डका अध्यक्ष राजकुमार राईले जालोलाई सिंगल रिलिजको माहोल मिलाइ दिने बताएका छन्। भने,'बोर्डले मात्र पहल गरेर हुन्न किनकी फिल्म व्यवसाय पनि हो। तर पनि एतिहासिक फिल्मले ठाउँ पाउनु पर्छ।' जालो जस्तो प्रयोगात्मक फिल्मलाई प्रोत्सहान गर्नु पर्ने उनले बताए।
फिल्मलाई हरी घले लामाले खिचेका हुन्। जालो र जालो रिटर्न्स गरी तीन घण्ट तिर्पन्न मिनेट लामो समयमा एकपटक पनि कट र रिटेक नलिएको निर्देशक अराज केशवले बताए। फिल्ममा ५५ कलाकारको अभिनय र ६० प्राविधिकले काम गरेका थिए। फिल्ममा पाँच फिल्म समावेश छन्। यही जेठ १९ गतेबाट प्रदर्शनमा आउने फिल्म पहिलो प्रदर्शन पछि मात्र रेकर्ड राख्ने नराख्ने निश्चित हुनेछ।