PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

गच्छदारको पार्टीसँग थरुहट तराई पार्टी एकीकरण, भित्रिए भानुराम थारु



पहिलोपोस्ट

गच्छदारको पार्टीसँग थरुहट तराई पार्टी एकीकरण, भित्रिए भानुराम थारु

काठमाडौँ : विजय गच्छदार नेतृत्वको मधेसी जनाधिकार फोरम लोकतान्त्रिकसँग भानुराम थारु नेतृत्वको थरुहट तराई पार्टी नेपाल एकीकरण भएको छ। 

मधेस केन्द्रीत पाँच राजनीतिक दलहरुबीच राजधानीको डिल्लीबजारमा एकता भैरहँदा भानुराम थारु नेतृत्वको पार्टी र गच्छदारको पार्टीले तीनकुनेबाट एकताको घोषणा गरेका हुन्। मधेसमा एक प्रदेशको माग उठिरहँदा थारुले थरुहट आन्दोलनको नेतृत्व गरेका थिए।

डिल्लीबजारको राष्ट्रिय जनता पार्टी घोषणा कार्यक्रममा राजनीतिक विश्लेषक विजयकान्त कर्णले भानुराम थारु र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालसँग एकता गर्न मञ्चमा रहेका नेताहरुलाई आग्रह गरिरहँदा थारु र गच्छदारको पार्टीबीच एकता भएको हो। 

यसअघि शिवलाल थापा नेतृत्वको राष्ट्रिय जनमुक्ती पार्टी लोकतान्त्रिक पनि गच्छदारको पार्टीसँग एकीकरण भैसकेको छ।  

दुबै पार्टीको सहअस्तित्व स्वीकार गर्दै औपचारिकरुपमा दुई पार्टीबीच एकीकरण भएको जनाइएको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell