PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

अनिल झा को पार्टी पनि थपियो मधेस केन्द्रीत दलको राष्ट्रिय जनता पार्टीमा



पहिलोपोस्ट

अनिल झा को पार्टी पनि थपियो मधेस केन्द्रीत दलको राष्ट्रिय जनता पार्टीमा

काठमाडौँ : अनिल झा नेतृत्वको संघीय सद्भावना पार्टी पनि मधेस केन्द्रीत दलहरुको एकतामा सामेल भएको छ। यसअघि पाँच दलले गएराती एकताको निर्णय लिएका थिए। 

बुधबार एकताको छलफलमा सामेल नभएका झा बिहिबार एकता घोषणाको कार्यक्रम जारी रहँदा डिल्लीबजार स्थित अमृत भोग पार्टी प्यालेस पुगेका हुन्। लगत्तै उनलाई माला लगाएर मञ्चमा राखिएको हो।

मधेस केन्द्रीत पाँच दल तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, तराई मधेस सद्भावना पार्टी र मधेसी जनाधिकार फोरम गणतान्त्रिकले एकताको घोषणा गरेका थिए।
 
तर अनिल झाको संघीय सद्भावना पार्टी एकतामा सामेल थिएन। तर झा ले एकाएक राष्ट्रिय  जनता पार्टी घोषणा कार्यक्रममा आएर एकता प्रक्रियामा सहभागिता जनाएका हुन्। उनको पार्टीको संसदमा एक सांसद छन्। 

यो सँगै एकीकृत राष्ट्रिय जनता पार्टीको संसदमा २४ सांसद पुगेका छन्।  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell