PahiloPost

May 5, 2025 | २२ बैशाख २०८२

गच्छदारको पार्टीमा थपिए नयाँ सांसद, अब १७ सांसदसहित छैठौँ शक्ति



पहिलोपोस्ट

गच्छदारको पार्टीमा थपिए नयाँ सांसद, अब १७ सांसदसहित छैठौँ शक्ति

काठमाडौँ : विजय गच्छदार नेतृत्वको मधेसी जनाधिकार फोरम लोकतान्त्रिकमा नयाँ सांसद भित्रिएका छन्। 

भानुराम थारु नेतृत्वको थरुहट तराई पार्टी नेपालसँग आज एकीकरण भएसँगै पार्टीका सांसद गोपाल दहित फोरम लोकतान्त्रिकमा प्रवेश गरेका हुन्। यो सँगै फोरम लोकतान्त्रिकमा सांसद संख्या १७ पुगेको छ। 

फोरम लोकतान्त्रिकले यसअघि दलित जनजाती पार्टी लोकतान्त्रिककी सांसद यशोदाकुमारी लामा र राष्ट्रिय जनमुक्ती पार्टी लोकतान्त्रिकका सांसद शिवलाल थापालाई भित्र्याएको थियो। शिवलाल थापा र सीमाकुमारी बिकको पार्टी राष्ट्रिय जनमुक्ती पार्टी र फोरम लोकतान्त्रिकबीच एकीकरण भएर पार्टीको नाम नेपाल लोकतान्त्रिक फोरम राख्ने सहमति भएको थियो। तर बिक भने एकीकरण कार्यक्रममा सहभागी थिइनन्। यसबीच उनी नयाँ शक्ति नेपालसँग जोडिन पुगेकी छिन्। 
 
मधेसकेन्द्रित छ राजनीतिक दलहरुबीच राजधानीको डिल्लीबजारमा एकता भैरहँदा भानुराम थारु नेतृत्वको पार्टी र गच्छदारको पार्टीले तीनकुनेबाट एकताको घोषणा गरेका हुन्। मधेसमा एक प्रदेशको माग उठिरहँदा थारुले थारु कल्याणकारिणी सभा मार्फत् थरुहट आन्दोलनको नेतृत्व गरेका थिए।

सम्बन्धित समाचार : बाबुरामको पार्टीमा दोश्रो सांसद, सीमाकुमारी बिक नयाँ शक्तिमा

डिल्लीबजारको अमृत भोग पार्टी प्यालेसमा राष्ट्रिय जनता पार्टी घोषणा कार्यक्रममा राजनीतिक विश्लेषक विजयकान्त कर्णले भानुराम थारु र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालसँग एकता गर्न मञ्चमा रहेका नेताहरुलाई आग्रह गरिरहँदा थारु र गच्छदारको पार्टीबीच तिनकुनेमा एकता भएको हो। 

दुबै पार्टीको सहअस्तित्व स्वीकार गर्दै औपचारिकरुपमा दुई पार्टीबीच एकीकरण भएको जनाइएको छ। भानुराम थारु अब पार्टीमा सह अध्यक्षको हैसियतमा रहनेछन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell