PahiloPost

Apr 26, 2026 | १३ बैशाख २०८३

टिपरको ठक्करबाट भक्तपुरमा स्कुटर चालकको मृत्यु



पहिलोपोस्ट

भक्तपुर : भक्तपुर नगरपालिका कमलविनायकबाट व्यासीतर्फ आउँदै गरेको बा १ क ३५५९ नं को टिपरले व्यासीबाट कमलविनायकतर्फ जाँदै गरेको बा ८२ प ८४७३ नं को स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ। 

मृत्यु हुनेमा चाँगुनारायण नगरपालिका–३ झौखेल बस्ने २६ वर्षीय राकेश खाइजु छन्। घाइते खाइजुको इवामुरा अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता कृष्ण प्रसाईंले जानकारी दिए। 

प्रहरीले मिनीट्रक चालक भक्तपुर नगरपालिका–१३ दरबार स्क्वायर घर भई हाल भक्तपुर–८ लिवाली बस्ने ५१ वर्षीय हरिकृष्ण बासी र सवारी साधनलाई नियन्त्रणमा लिएको छ। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell