काठमाडौं : उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच एकीकरण प्रक्रिया अघि बढाउन तीन सदस्यीय संयोजन समिति गठन भएको छ । संयोजना समितिमा नयाँ शक्तिका तर्फबाट संयोजक डा. बाबुराम भट्टराई र संघीय समाजवादीका तर्फबाट अध्यक्ष उपेन्द्र यादव र संसदीय दलका नेता अशोक राई छन्।
दुई पार्टीले संयुक्त विज्ञप्ति जारी गर्दै एकता प्रयासका लागि भएका विभिन्न चरणका बैठकबाट पार्टीले अबलम्वन गरेको नीति र बिचारमा समानता बन्दै गएको भन्दै एकता प्रक्रिया निश्कर्षका लागि संयोजन समिति गठन गरिएको उल्लेख छ।
दुई पार्टीबीच आन्दोलनमा कार्यगत एकताको माध्यमबाट सहकार्य गर्दै पार्टी एकताको कार्यलाई निष्कर्षमा पु¥याउने पनि सहमति भएको छ।
यस्तै विज्ञप्तिमा संघीय गठबन्धन, तथा ६८ दलीय संयुक्त संघर्ष समितिले अगाडि सारेका मागहरुलाई सम्बोधन गरी निर्वाचनको वातावरण बनाउन सरकारसँग माग पनि गरिएको छ।