
काठमाडाैँ : भारतको पाँचदिने औपचारिक भ्रमण सकेर राष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फर्किदैछिन्। पाँच दिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले भारतमा उच्च राजनीतिक भेट समेत गरेकी छिन्। शुक्रबार साँझ ७ बजे राष्ट्रपति स्वदेश फर्कने कार्यक्रम छ।
भ्रमणका दौरान भण्डारीले भारतीय समकक्षी प्रणव मुखर्जी, उपराष्ट्रपति हमिद अन्सारी, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह, बित्तमन्त्री अरुण जेट्लीलगायतसँग भेटवार्ता गरेकी थिइन्।
राष्ट्रपति भण्डारीले राजनीतिक भेटवार्ता बाहेक गुजरात र उडिसाको अवलोकन भ्रमण समेत गरेकी थिइन्।
भारतीय समकक्षीको निमन्त्रणमा भण्डारी वैशाख ४ गते भारत प्रस्थान गरेकी थिइन। राष्ट्रपति स्वदेश फर्कन दिने दिइएको सार्वजनिक विदा भने सरकारले आलोचनापछि फिर्ता लिइसकेको छ।