PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

बहुमतको रायले जोगियो सरिफको कुर्सी, भ्रस्टाचार आरोपमा भने छानविन हुने



पहिलोपोस्ट

बहुमतको रायले जोगियो सरिफको कुर्सी, भ्रस्टाचार आरोपमा भने छानविन हुने

इस्लामाबाद : पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफमाथि लागेको भ्रष्टाचार आरोपबारे छानबिन हुनुपर्ने बताउँदै तत्काल सत्ताबाट हटाउनुपर्ने प्रशस्त आधार भने नदेखिएको पाकिस्तानको उच्च अदालतले बिहीबार निर्णय सुनाएको छ। 

पाकिस्तानी प्रधानमन्त्री शरिफ र उनको परिवारका सदस्यमाथि लागेको भ्रष्टाचार आरोपसम्बन्धी मुद्दा अदालतमा विचाराधीन छ। सन् २०१६ मा पानामा पेपर्समा आएको सूचनामा शरिफका परिवारको विभिन्न विदेशी कम्पनीहरुमा संलग्नता रहेको भनी सार्वजनिक भएपछि पाकिस्तानमा यो मुद्दाले विशेष ध्यानाकर्षण गराएको छ। 

पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्रीमाथिको मुद्दामा बाझिएको राय दिँदै उनलाई सत्ताबाट हटाउनुपर्ने प्रशस्त आधार नभेटिएको तर आरोपबारे छानबिन गर्न आदेश दिएको हो। 

प्रधानमन्त्रीको भ्रष्टाचार आरोपमा गहिरो अनुसन्धान आवश्यक हुने देखिएको, न्यायाधीश असिद सैयद खोसाले बताए। सुनुवाइमा खटिएका पाँच न्यायाधीशमध्ये दुई न्यायाधीशले प्रधानमन्त्री शरिफलाई बेइमान बताउँदै प्रधानमन्त्री रहने नैतिक आधार गुमाएको बताएका थिए। तर उनीहरु बेन्चमा अल्पमतमा परेका थिए। रासस/एएफपी
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell