PahiloPost

May 5, 2025 | २२ बैशाख २०८२

करेन्ट लागेर एक मजदुरको मृत्यु, एक घाइते



पहिलोपोस्ट

महेन्द्रनगर : करेन्ट लागेर कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालमा बिहीबार एकजना मजदुरको मृत्यु भएको छ। घटनामा एकजना घाइते भएका छन्। 

हल्दुखालस्थित स्थानीयवासी दीपेन्द्र महराको घरको माथिल्लो तला बनाउने क्रममा काम गरिरहेका यहाँको बेदकोट नगरपालिका–५ धरमपुरका २३ वर्षीय पङ्कज रानाको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रवक्ता प्रहरी निरीक्षक मोहन साउदले जानकारी दिए। 

घरको छतमा सरियाको काम गर्ने क्रममा रानाले समातेको सरियाले विद्युतको प्रसारण लाइन छुन पुग्दा दुर्घटना भएको प्रहरीले जनाएको छ। 

सोही घटनामा घाइते भएका धरमपुरका मनोज चौधरीको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ। महाकाली अञ्चल अस्पतालमा सामान्य उपचारपछि चौधरीलाई थप उपचारका लागि धनगढी पठाइएको प्रहरीले जनाएको छ। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell