PahiloPost

May 5, 2025 | २२ बैशाख २०८२

आइपीएल : अमलाको शतकले पनि पुगेन पञ्जावलाई, मुम्बई ८ विकेटले विजयी



पहिलोपोस्ट

आइपीएल : अमलाको शतकले पनि पुगेन पञ्जावलाई, मुम्बई ८ विकेटले विजयी

हसिम अमलाले नटआउट १०४ रन बनाएपनि किंग्स एलेभेन पञ्जाव आइपीएलअन्तर्गत बिहिबारको खेलमा मुम्बईसँग पराजित भएको छ।

१९९ रनको लक्ष्य मुम्बईले १५.३ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्दै ८ विकेटको शानदार जित हासिल गर्‌यो।

जितपछि ६ खेलबाट १० अंक जोडेको मुम्बई शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल हारेयता मुम्बई लगातार ५ खेलमा अपराजित छ। 

टस हारेर पहिले ब्याटिङ गरेको पञ्जावले अमलालको शतक मद्दतमा निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९८ रन बनाएको थियो। ओपनर अमलाले ६० बल खेल्दै ८ चौका र ६ छक्कोको मद्दतमा नटआउट १०४ रन बनाए।

कप्तान ग्लेन म्याक्सवेलले १८ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ४० रन जोडे। यस्तै यस सिजन पहिलो खेल खेलेका सन मार्सले २६ रन बनाए। मुम्बईका मिचेल म्याकलेघानले २ विकेट लिए।

जवाफमा मुम्बईले  उत्कृष्ट सुरुवात गर्‌यो। ओपनर पार्थिव पटेल र जोस बटलरले ६ ओभरको पावरप्लेमै ८१ रनको साझेदारी गर्दै जितको आधार खडा गरेका थिए। 

मुम्बईका लागि बटलरले ३७ बलमा सर्वाधिक ७७ रन बनाए। बटलरले ७ चौका र ५ छक्का प्रहार गरे। पटेलले १८ बल खेल्दै ४ चौका र २ छक्काको मद्तमा ३७ रन बनाए। 

यस्तै नितिश रानाले आक्रामक इनिङ्स खेल्दै ७ छक्काको मद्दतमा नटआउट ६२ रन बनाए। हारिदक पाण्ड्या १५ रनमा रनआउट रहे। 



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell