PahiloPost

May 5, 2025 | २२ बैशाख २०८२

युरोपा लिग : म्यानचेष्टर युनाइटेड सेमिफाइनलमा, बेल्जियमको दुवै टोली बाहिरियो



पहिलोपोस्ट

युरोपा लिग : म्यानचेष्टर युनाइटेड सेमिफाइनलमा, बेल्जियमको दुवै टोली बाहिरियो

मार्कुस रासफोर्डले अतिरिक्त समयमा गरेको गोलको मद्दतमा म्यानचेष्टर युनाइटेड युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेको छ। 

पहिलो लेगमा १-१ को बराबरी खेलेको युनाइटेडले दोस्रो लेगमा एन्डरलेक्टविरुद्ध २-१ को जित हात पार्दै समग्रमा ३-२ को नितजा निकालेको हो। घरेलु मैदानमा युनाइटेडलाई जित दिलाउन रासफोर्डले १०७औं मिनेटमा निर्णायक गोल गरे। 

त्यसअघि ओल्ड ट्राफोर्डमा हेनरिख मिखातर्‌यानले १०औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दलाएका थए। तर ३२औं मिनेटमा सोफिएन हानीले गोल गर्दै खेल १-१ को बराबरी पुर्‌याए। निर्धारित समयमको खेल बराबरीमा सकिएसँगै समग्रमा नतिजा २-२ भएपछि खेल अतिरित समयमा पुगेको हो। 

यता एन्डरलेक्टसँगै अर्को बेल्जियन क्लब जेन्क पनि युरोपा लिगको क्वाटरफाइनलबाटै बाहरिएको छ। जेन्क स्पानिस क्लब सेल्टाभिगोसँग समग्रता ४-३ ले पराजित भयो। पहिलो लेग सेल्टाले ३-२ ले जितेको थियो।

जेन्ले घरेलु मैदानमा भएको दोस्रो लेग १-१ को बराबरी गरेपछि हार टार्न सकेन र समग्रमा ४-३ ले पराजित भयो। 

युनाइटेड र सेल्टासँगै डच क्लब अयाक्स र फ्रेन्च क्लब लियोन पनि सेमिफाइनल पुगेका छन्। 

दोस्रो लेगमा साल्कासँग ३-२ ले हारेपनि पहिलो लेग २-० ले जितेको अयाक्स समग्रमा ४-३ ले विजयी भयो। साल्काले घरेलु मैदान निर्धारित समयमा २ गोद्य गर्दै खेल २-२ को बराबरी गरेको थियो।

अतिरिक्त समयमा पनि एक गोल थप्दै अग्रता लएको थियो। तर अतिरितक्त समयमा अयाक्सले उत्कृष्ट पुनरागमन गर्दै २ गोल गर्दै शानदार जित हासिल गरेको हो।

अर्को खेलमा लियोनले टर्कीको बेसिकटासलाई पेनाल्टी सुटआउटमा ७-६ ले पराजित गर्‌यो। समग्रमा ३-३ को बराबरी भएपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट भएको हो। पहिलो लेगमा लियोन १-० ले विजयी भएको थियो भने दोस्रो लेग बेसिकटासले २-१ ले जितेपछि खेल बराबरी भएको हो।

अब सेमिफाइनल ड्र शुक्रबार हुनेछ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell