PahiloPost

May 5, 2025 | २२ बैशाख २०८२

संखुवासभामा अरुण नदी थुनियो, तीन किलोमिटरको ताल बन्दा बस्ती जोखिममा



पहिलोपोस्ट

संखुवासभामा अरुण नदी थुनियो, तीन किलोमिटरको ताल बन्दा बस्ती जोखिममा

काठमाडौं : संखुवासभाको भोटखोला गाउँपालिका ४ हटियामा पर्ने स्याक्सीला गोलामा अरुण नदी थुनिएको छ। अरुण नदी थुनिदा वरपरका ४५ घर परिवार प्रभावित भएका छन्।

हिजो दिउँसो करिव ४ बजेदेखि बरुणखोलामा आएको बाढीले अरुण थुनिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी गौतमप्रसाद केसीले बताए। केसीले भने ‘अहिले उद्दारमा सदरमुकामबाट प्रहरी टोली घटनास्थल पुगिसकेको छ। सदरमुकामबाट घटनास्थल पुग्न दुई दिन लाग्छ। अरुण नदी थुनिएपछि ३ किलोमिटर बाँध बनेको छ।’ 

बाध फुटे धेरै गाउँलाई असर पार्ने केसीले बताए। अरुण थुनिएको स्थल सदरमुकाम खाँदबारीबाट ८० किलोमिटर उत्तरमा पर्छ। 

यसैबीच उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले अरुण नदी थुनिएर बनेको ताल मानवीय क्षति नहुने गरी फुटाउने व्यवस्था गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्। 

गृहमन्त्री निधिको निर्देशनपछि मन्त्रालयका तर्फबाट प्रारम्भिक टोली हेलिकोप्टरबाट संखुवासभा जाने तयारी गरिरहेको छ। टोलीमा खानेपानी तथा सरसफाई राज्यमन्त्री दीपक खड्का, मन्त्रालयका बिपद् व्यवस्थापन महाशाखा प्रमुख कृष्णबहादुर राउत, भूगर्भविद्, जल तथा मौसम विज्ञान विभागका प्रतिनिधि, नेपाली सेनाका तीन जना प्राबिधिक, सशस्त्र प्रहरी, जल उत्पन्न प्रकोप बिभागका प्रतिनिधि लगायत छन्। 

पहिरोका कारण चीनसँगको नाका किमाथांका जाने बाटो समेत बन्द भएको छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell