PahiloPost

Apr 26, 2026 | १३ बैशाख २०८३

कालिकोटमा गएको पहिरोमा ४ जनाको मृत्यु



पहिलोपोस्ट

कालिकोटमा गएको पहिरोमा ४ जनाको मृत्यु

काठमाडौं : कालिकोट जिल्ला नरहरीनाथ गाउँपालिकाको कोटवाडामा बिहीबार साँझ गएको पहिरोमा परि ४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा विक परिवारका तीन जना रहेका छन्। 

नहरिनाथ गाउँपालिका–१ निवासी ४० वर्षीय गोर्ख विक, उनकी पत्नी ३६ वर्षिया धना विक, १३ वर्षिया छोरी वाजपुरा विकको पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरिक्षक सुर्य बोगटीले बताए। 

साँझतिर परेको पानीका कारण पहिरो गएको र विकको घरमाथि पहिरो खस्दा पुरिएर मृत्यु भएको हो। शान्नीत्रिवेणी गाउँपालिका वडा-९ का ३० वर्षीय लोगबहादुर केसीको मृत्यु भएको हो। 

त्यस्तै पहिरोमा परी एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell