PahiloPost

Apr 26, 2026 | १३ बैशाख २०८३

फ्राइडे रिलिज: तीन विदेशी फिल्मको मात्र नयाँ प्रदर्शन सुरु



पहिलोपोस्ट

फ्राइडे रिलिज: तीन विदेशी फिल्मको मात्र नयाँ प्रदर्शन सुरु

काठमाडौं: यो हप्ता फ्राइडे रिलिजमा कुनै पनि नेपाली फिल्म परेनन्। गत हप्ता नयाँ वर्षको अवसरमा प्रदर्शनमा आएका तीन फिल्म घामपानी, लभ लभ लभ र राधेले नै यो हप्ता पनि शोहरु पाएका छन्।

बलिउडतर्फ भने फिल्म 'नूर' नेपालका लागि प्रदर्शन भएको छ। सोनाक्षी सिंहा अभिनित फिल्मलाई सुनिल शिप्पीले निर्देशन गरेका हुन्। पाकिस्तानी उपन्यास 'कराची, यु आर किलिङ म'को कथामा बनेको फिल्ममा कनन गिल, सिभानी डान्डेनकर र पुरब कोहलीको पनि अभिनय रहेको छ।

हलिउअडतर्फ भने नेपालका लागि 'द फेट अफ द फ्युरियस' र 'द जुकिपर्स वाइफ' सार्वजनिक भएको छ। फास्ट एण्ड फ्युरियसको आठौं संस्करण द फेट अफ द फ्युरियस बहुप्रतिक्षित फिल्म हो। एफ ग्रे ग्रे निर्देशित अमेरिकी एक्शन फिल्म सन् २००१ बाट सुरु भएको हो। एक साता अघि सार्वजनिक भएको फिल्म 'फेट अफ फ्युरियस'ले बक्स अफिसको सबै अन्तराष्ट्रिय रेकर्ड तोडेको छ। इस्टर बिदाको टार्गेटमा रिलिज भएको फिल्मले पहिलो हप्ता नै ५३.२५ करोड डलर बराबरको ग्रस कलेक्शन गरेको हो।

त्यस्तै निकी कारो निर्देशित द जुकिपर्स वाइफ पनि नन फिक्शन किताबमा आधारित फिल्म हो। यो वार ड्रामामा जेसिका क्यास्टेन मुख्य पात्रको रुपमा देखिएकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell