PahiloPost

May 5, 2025 | २२ बैशाख २०८२

निर्वाचनमा सहभागिताका लागि मोर्चाको सर्त : संशोधन परिमार्जनसहित पारित



पहिलोपोस्ट

निर्वाचनमा सहभागिताका लागि मोर्चाको सर्त : संशोधन परिमार्जनसहित पारित

काठमाडौँ : बैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनमा सहभागी हुन मधेसी मोर्चाले 'संविधान संशोधन परिमार्जन सहित पारित' सर्त अगाडि सारेको छ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा मोर्चा र सरकारबीच भएको वार्तामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनमा सहभागी हुन आग्रह गरेका थिए।

बैठकमा सत्तारुढ दलहरुले संविधान संशोधनको प्रस्ताव संसदमा प्रक्रियामा अगाडि बढाउने र निर्वाचनमा मोर्चा सहभागी हुने गरी मध्यमार्गी बाटो प्रस्ताव गरेका छन्।

बैठकमा सहभागी माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तले 'संसदमा संविधान संशोधन अगाडि बढाउने र मोर्चा निर्वाचनमा सहभागी हुने गरी सँगसँगै जाने प्रस्तावमा सकारात्मक वातावरण बनेको' बताए।

बैठकपछि राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले  बटमलाइन संविधान संशोधन भएको उल्लेख गर्दै संशोधन नभई निर्वाचनमा नजाने बताए। तर संशोधन परिमार्जनका के कति गर्ने भन्ने विषयमा भने दुई पक्षबीच आजै छलफल हुने उनले उल्लेख गरे। 

सत्तारुढ दलहरुको बैठक आजै ३ बजे बस्दैछ। लगत्तै ५ बजे मोर्चा र सत्तारुढ दलहरुबीच पुन: वार्ता हुने भएको छ। बैठकमा सत्तारुढ दलहरुले मोर्चालाई निर्वाचनमा सहभागि हुन आग्रह गर्दै मोर्चाकै लागि दुई चरणमा निर्वाचन गर्ने सम्मको लचकताका लागि तयार रहेको जनाएका थिए।

उनले पाँच बजेको बैठकमा संविधान संशोधन परिमार्जनको विषयमा छलफल हुने उल्लेख गरे। 'आज पनि संशोधन परिमार्जनमा चित्तबुझ्दो कुराकानी आएन भने हामी निर्वाचनमा सहभागी हुन्नौँ र सार्वजनिक गरेको कार्यतालिका अनुसार आन्दोलनमा जान्छौँ', कर्णले भने।

प्रधानमन्त्री प्रचण्डको निजी वेवसाइट अनुसार उनले बैठकमा बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुन आग्रह गरेका थिए।

मोर्चाका नेताहरुले स्थानीय तहको निर्वाचनभन्दा संविधान संशोधनमा मोर्चाको मुख्य चासो भएको भन्दै सरकारद्वारा प्रस्तुत प्रस्तावमा पुनर्विचार गर्न माग राखेको वेवसाइटमा उल्लेख छ।

बैठकमा भर्खरै एकीकृत भएको राष्ट्रिय जनता पार्टीका नेताहरु र संघीय समाजवादी फोरम नेपालका नेताहरु सहभागि भएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell