
टाइम म्यागिजनले यस वर्षको सय प्रभावशाली व्यक्तिको सूची सार्वजनिक गरेको छ। उक्त सूचीमा खेलकुदबाट ७ जना पर्न सफल भएका छन् भने फुटबलबाट खेल मात्र खेलाडी परेका छन्।
स्पानिस क्लब बार्सिलोनाबाट व्यावसायिय फुटबल खेल्ने २५ वर्षीय नेमार मात्र उक्त सूचीमा अटाएका हुन्।
इंगल्याण्डका पूर्व राष्ट्रिय फुटबल खेलाडी डेविड बेकहमले नेमारलाई क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीको प्रतिस्पर्धीको रुपमा व्याख्या गरेका छन्।
यसबाहेक अमेरिकी फुटबल लिग एनएफएल न्यू इंगल्याण्ड प्याट्रिओट्सका टम ब्राडी, एनबिएका बास्केटबल खेलाडी लेब्रोन जेम्स, एनएफएलकै कोलिन कापरनिक २०१६ रियो अलम्पकि गोल मेडलिस्ट सिमोन बायल्स, युएफसी लाइट हेभिवेट च्याम्पियन कोनोर म्याकग्रेगर तथा मेजर लिग बेसबल सिकागो बुल्सका जेनरल म्यानेजर थियो एप्सटेन रहेका छन्।
पछिल्लो पटक २०१४ मा फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो उक्त सूचीमा परेका थिए।
अमेरिकी म्यागाजिनले हरेक वर्ष सारव्जनिक गर्ने सय प्रभावशाली व्यक्तिको सूचीमा अमेरिकी राष्ट्पति डोनाल्ड ट्रम्प, रसियन राष्ट्रपति भ्लादमिर पुटिन, चिनिया राष्ट्रपति सि जिन पिङ उत्तर कोरियाली नेता किम जोन उन, भारतिय प्रधानमन्त्रि नरेन्द्र मोदी देखि मेलिन्डा गेट्स, पोप फ्रान्नसिस, इन्डियन पेमेन्ट कम्पनि (पेटिएमका) फाउण्डर विजय शेखर शर्मा लगायत छन्।
सय प्रभावशाली व्यक्तिको सूची