PahiloPost

May 5, 2025 | २२ बैशाख २०८२

किन 'हाफ गर्लफ्रेन्ड'को प्रचारबाट टाढा छिन् श्रद्धा कपूर?



पहिलोपोस्ट

किन 'हाफ गर्लफ्रेन्ड'को प्रचारबाट टाढा छिन् श्रद्धा कपूर?

चेतन भगतको किताब 'हाफ गर्लफ्रेन्ड'को कथामा आधारित फिल्म तयार भएको छ। किताबकै नाम लिएर बनाइएको फिल्ममा बलिउड अभिनेता अर्जुन कपूर र अभिनेत्री श्रद्धा कपूरको मुख्य अभिनया रहेको छ। आउँदो मे १९ बाट प्रदर्शनमा आउने भनिएको फिल्मको प्रचार तिब्र छ। तर केहि दिन  यता अभिनेता अर्जुन मात्र अन्तर्वार्ता र अन्य प्रचार प्रसारको काममा देखिएका छन्। आखिर किन फिल्म प्रदर्शनको मुखमा अभिनेत्री श्रद्धा देखिएकी छैनन्?

बलिउड हंगामाले जनाए अनुसार श्रद्धाको स्वास्थ्य स्थिती ठिक नभएकाले गर्दा उनी फिल्मको प्रचार प्रसारमा नलागेकी हुन्। उनलाई ज्वरो र खोकीले सताएको छ। जसका कारण अर्जुनले नै उनलाई आराम गर्न भनेका हुन्। मोहित सुरी निर्देशित फिल्मको प्रचारका लागि श्रद्धा र अर्जुन एक अन्तर्वाता दिन गएका थिए। तर घाँटीको समस्याका कारण श्रद्धा बोल्न नसकेपछि उनी घर फर्किएकी थिइन्। त्यसपछि कार्यक्रममा अर्जुन एक्लै रहे।

चेतन भगतको लेखन रहेको कथामा फिल्मका लागि इशिता मोइत्रा उद्वानीले संवाद लेखेकी हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell