PahiloPost

Apr 26, 2026 | १३ बैशाख २०८३

एफएफसी यू-१६ च्याम्पियनसिप क्वालिफायर्स ड्र सार्वजनिक, नेपाल र भारत एकै समूहमा



पहिलोपोस्ट

एफएफसी यू-१६ च्याम्पियनसिप क्वालिफायर्स ड्र सार्वजनिक, नेपाल र भारत एकै समूहमा

काठमाडौं : सन् २०१८ मा आयोजना हुने एएफसी यू-१६ च्याम्पियनसिप क्वालिफायर्सको लागि ड्र सार्वजनिक भएको छ। मलेसियामा क्वालालमुपरमा आज भएको ड्र अनुसार नेपाल र भारत एकै समूहमा परेका छन्। 

वेस्ट जोन अन्तर्गत नेपाल, भारत, इराक र प्यालेस्टाइन समूह डी मा परेका हुन्। एसियाका ४५ सदस्य राष्ट्रलाई कूल १० समूहमा विभाजन गरेर ड्र गरिएको हो। 

नेपाल रहेको समूह डी का खेलहरुको आयोजना नेपालले नै गर्ने एसियन फुटबल कन्फेडेरेसनले जनाएको छ। छनौट चरणका खेलहरु आगामी सेप्टेम्वर १६ देखि २४ सम्म सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ।

प्रत्येक समूहको शीर्ष स्थानमा रहने टीम फाइनल चरणको लागि छानिनेछ भने दोस्रो हुने उत्कृष्ट ५ टीम र आयोजक पनि फाइनल चरणका लागि छनौट हुनेछ। अहिलेसम्म आयोजकको निर्णय भने भइसकेको छैन।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell