PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

एफएफसी यू-१९ च्याम्पियनसिप क्वालिफायर्स ड्र सार्वजनिक, नेपाल कठिन समूहमा



पहिलोपोस्ट

एफएफसी यू-१९ च्याम्पियनसिप क्वालिफायर्स ड्र सार्वजनिक, नेपाल कठिन समूहमा

काठमाडौं : सन् २०१८ मा आयोजना हुने एएफसी यू-१९ च्याम्पियनसिप क्वालिफायर्सको लागि ड्र सार्वजनिक भएको छ। 

मलेसियामा क्वालालमुपरमा आज भएको ड्र अनुसार नेपाल कठिन समूहमा परेको छ।

वेस्ट जोनअन्तर्गत नेपाल बहराइन, युएई, ओमान र किर्गिस्तान समूह ए मा परेका छन्। यस समूहका खेलहरु किर्गिस्तानमा हुनेछ।

एसियाका ४३ सदस्य राष्ट्रलाई कूल १० समूहमा विभाजन गरेर ड्र गरिएको हो। 

प्रत्येक समूहको शीर्ष स्थानमा रहने टीम फाइनल चरणको लागि छानिनेछ भने दोस्रो हुने उत्कृष्ट ५ टीम र आयोजक पनि फाइनल चरणका लागि छनौट हुनेछ। अहिलेसम्म आयोजकको निर्णय भने भइसकेको छैन।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell