PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

रियल र एथ्लेटिको च्याम्पियन्स लिगको सेमिफाइनलमा भिड्ने



पहिलोपोस्ट

रियल र एथ्लेटिको च्याम्पियन्स लिगको सेमिफाइनलमा भिड्ने

स्पानिस क्लबद्वय रियल मड्रिड र एथ्लेटिको मड्रिड युरोपियन च्याम्पियन्स लिग (युसिएल)को सेमिफाइनमा भिड्ने भएका छन्। 

शुक्रबार स्विट्जरल्याण्ड लियोनमा भएको ड्र अनुसार रियलले छिमेकी क्लब एथ्लेटिको प्रतिद्वन्दी पाएको हो। 

कीर्तिमानी ११औं पटकको च्याम्पियन रियल क्वाटरफाइनलमा जर्मन क्लब वायर्न म्युनिखलाई हराएको थियो भने एथ्लेटिकोले इगलिस च्याम्पिय लेस्टर सिटीलाई पराजित गरेको थियो।

यस्तै ङ्क्वाटरफाइनलमा बार्सिलोनालाई पराजित गरेको इटालियन जायन्टस र फ्रेन्च क्लब मोनाकोबीच अर्को सेमिफाइनलमा खेल हुनेछ। मोनाकोले जर्मीको बोरुसिया डर्टमण्डलाई पराजित गरेको थियो।

सेमिफाइनल पहिलो लेग मे २ र ३ मा हुनेछ भने दोस्रो लेग मे ९ र १० मा हुनेछ। फाइनल खेल जुन ३ मा वेल्सको कार्डिफमा हुनेछ। 



युनाइटेडको प्रतिद्वन्दी सेल्टाभिगो
युरोपको दोस्रो दर्जाको प्रतियोगिता युरोपा लिगको सेमिफाइनलमा इंगलिस क्लब म्यानचेष्टर युनाइटेडले स्पेनको सेल्टाभिगोसँग खेल्ने भएको छ।
अर्को सेमिफाइनलमा नेदरल्याण्ड्को अजाक्स र फ्रान्सेली क्लब लियोनबीच खेल हुनेछ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell