PahiloPost

Jan 14, 2026 | १ माघ २०८२

ब्याडमिन्टन एसिया च्याम्पियनसिपमा नेपालबाट रत्नजित र दीपेशले प्रतिस्पर्धा गर्ने



पहिलोपोस्ट

ब्याडमिन्टन एसिया च्याम्पियनसिपमा नेपालबाट रत्नजित र दीपेशले प्रतिस्पर्धा गर्ने

काठमाडौं : चीनको वुहानमा हुने एसियाली ब्याडमिन्टन च्याम्पियनसिपमा दुई नेपाली पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्।

अप्रिल २५ (मंगलबार)देखि ३० तारिखसम्म हुने प्रतियोगितामा नेपालबाट रत्नजित तामाङ र दीपेश धामीले सहभागीता जनाउँदैछन्। त्यसका लागि नेपाली खेलाडीहरु आइतबार चीन जाँदैछन्।

रत्नजितले सिंगल्स/डबल्स तथा दीपेशले डबल्समा नेपालको चुनौती प्रस्तुत गर्नेछन्। प्रतियोगिताको कुल पुरस्कार राशी ३ लाख २५ हजार अमेरिकी डलर रहेको बताइएको छ।

चिन जाने खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, राखेपका सदस्य समेत रहेका नेपाल ब्याडमिन्टन संघका महासचिव वीरेन्द्र श्रेष्ठ, ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, उपाध्यक्ष सुवास श्रेष्ठलगायतले शुक्रबार बिदाइ गरे।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell