PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

राष्ट्रपति फर्कँदै, विमानस्थल आधा घण्टा बन्द हुने, सडक पनि दुई तर्फी बन्द



उमेश पौडेल

राष्ट्रपति फर्कँदै, विमानस्थल आधा घण्टा बन्द हुने, सडक पनि दुई तर्फी बन्द

काठमाडौं : राष्ट्रपति विद्या भण्डारी भारतको राजकीय भ्रमण सकाएर स्वदेश फर्कने समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले 'नोटिस फर एयरमेन' (नोटाम) जारी गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले राष्ट्रपति चढेको नेपाल वायुसेवा निगमको विमान आरए २१८ अवतरण गर्ने समय राति ८ बजेदेखि साढे ८ बजेसम्म कुनै जहाज उड्न र अवतरण गर्न रोक लगाइएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए।

भिभिआइपीको भ्रमणमा जानु २० मिनेट अघिदेखि र अवतरण भएको २५ मिनेटसम्म नोटाम जारी गर्ने चलन छ। राष्ट्रपति भण्डारी सोमबार भारत भ्रमणमा जाँदा पनि ३५ मिनेट विमानस्थल बन्द गरिएको थियो।

उनले भने, 'नोटामको समयमा आन्तरिक तथा बाह्य कुनै पनि जहाज उड्न र अवतरण गर्न पाउँदैनन् । एयरपोर्ट बन्द हुन्छ ।'

यो समयमा उडान भर्ने जहाजहरु उड्न पाउने छैनन् भने अवतरण गर्ने जहाजहरु कि त आकाशमै होल्ड हुन्छन् कि नजिकैको विमानस्थलमा डाइभर्ट हुन्छन् ।

त्यसैगरी एयरपोर्टबाट सिनामंगल, तीनकुने, नयाँ बानेश्वर, बबरमहल, माइतीघर, सिंहदरबार, भद्रकाली, पुरानो बसपार्क, घण्टाघर, दरबारमार्ग, केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरीसम्मको सडक राष्ट्रपतिको 'सवारी' चलाउन दुई तर्फी बन्द हुनेछ। 




 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell