PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

एकीकरण लगत्तै पर्सामा राष्ट्रिय जनता पार्टीका नेताबीच पद बाँडफाँटमा विवाद



राधेश्याम पटेल

एकीकरण लगत्तै पर्सामा राष्ट्रिय जनता पार्टीका नेताबीच पद बाँडफाँटमा विवाद

वीरगन्ज :  ६ वटा मधेसकेन्द्रित दलबीच एकीकरण भएर बनेको राष्ट्रिय जनता पार्टीका जिल्ला स्तरका नेतामा पद बाँडफाँटको विषयलाई लिएर अहिलेदेखि नै विवाद शुरु भएको छ। 

पर्सा जिल्लामा राष्ट्रिय जनता पार्टीका एक घटक तराई मधेस लोकतान्त्रिक पार्टीका तत्कालीन केन्द्रीय प्रवक्ता विमल श्रीवास्तवले पत्रकार सम्मेलन गरी आफू नै नवगठित पार्टीको पनि केन्द्रीय प्रवक्ता तथा तमलोपा पार्टीकै पर्सा जिल्ला अध्यक्ष पुरुषोत्तमलाल झाले आफू राष्ट्रिय जनता पार्टीको जिल्ला संयोजक भएको जानकारी गराए लगतै अन्य ५ घटक पार्टीका जिल्ला अध्यक्षहरुले विरोध जनाएका छन्।

    बिना निर्णय तमलोपा पर्साका नेताहरुले विवादास्पद अभिव्यक्ति दिँदै पत्रकार सम्मेलन गरी पार्टीको पहिचानमाथि आँच पुर्‍याएको उनीहरुले आरोप लगाएका छन्। पत्रकार सम्मेलनमा बोलिएका भाषा र वाक्य राष्ट्रिय जनता पार्टीको नभई विमल श्रीवास्तवको व्यक्तिगत भएको राष्ट्रिय मधेस समाजवादी पार्टी पर्साका अध्यक्ष प्रेमबाबु पटेलले बताए।

     विरोध जनाउनेमा सदभावना पार्टी पर्सा अध्यक्ष इमदाद गद्दि सुगा ,नेपाल सदभावना पार्टी पर्सा अध्यक्ष कृष्णा पटेल, तराई मधेस सदभावना पार्टीका वीरेन्द्र राय यादव,  मधेसी जनअधिकार फोरम गणतान्त्रिक पर्सा अध्यक्ष मुस्तकिम अन्सारी तथा रामसपा पर्सा अध्यक्ष पटेल रहेका छन्।

  तमलोपाका पर्सा अध्यक्ष पुरुषोत्तमलाल झाले भने शनिबार दिउँसो १ बजे तोकिएको आमसभाको अध्यक्षता दिन ६ वटै पार्टीका जिल्ला नेताहरुले आफूलाई जिम्मेवारी दिने गरी बैठकद्वारा सहमति भएकोले त्यसको आधारमा संयोजक भनेर पत्रकार सम्मेलनमा जानकारी दिएको प्रतिक्रिया दिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell