PahiloPost

May 6, 2025 | २३ बैशाख २०८२

आइपीएल : कोलकतासँग गुजरातको बदला    



पहिलोपोस्ट

आइपीएल : कोलकतासँग गुजरातको बदला    

कप्तान सुरेश रैनाको ८४ रनको मद्दतमा जुगरात लायन्सले आइपीएल अन्तर्गत शुक्रबार भएको खेलमा कोलकता नाइट राइडर्स केकआरलाई ४ विकेटले पराजित गरेको छ।

१८८ रनको लक्ष्य गुजरातले १८.२ ओभरमा ६ विकेट गुमाएर पुरा गर्दै पहिलो खेलमा बेहोरेको १० विकेटको हारको बदला लिएको हो।

जारी सिजन गुजरातको दोस्रो जित हो भने केकेआरको यो दोस्रो हार हो। जितसँगै ६ खेलबाट ४ अक जोडेको गुजरात पुनेलाई पछि पार्दै पुछारबाट एक स्थान माथि उक्लेको छ। यता हारका बावजुत ६ खेलबाट ८ अंक रहेको केकेआर दोस्रो स्थानमा यथावत छ।

एडेन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली केकआरले निर्घारित २० ओभरमा ५ विकेट गुमाउँदै १८७ रन बनाएको थियो। 

केकेआरका लागि रोविन उथापाले सर्वाधिक ७२ रन बनाए। यस्तै दोस्रो पटक ओपनिङ गरेका सुनिल नरिनले आक्रामक इनिङ्स खेल्दै १७ बलमा ९ चौका र १ छक्काको मद्दतमा ४२ रन बनाए। 
कप्तान गौतम गम्भिरले ३३ तथा मनिस पाण्डेले २३ रन जोडे। केकेआरले अन्तिम २ ओभरमा ३ विकेट गुमाएको थियो।

जवाफमा गुजरातले १० बल अगावै ६ विकेट गुमाएर १८८ रन बनायो। गुजरातका लागि यस सिजन पहिलो पटक ओपनिङ गरेका आरोन फिन्चले ब्रेण्डन म्याकुलमसँग मिलेर गितलो सुरुवात दिलाएका थिए। फिन्चले १५ बल खेल्दै ४ चौका र २ छक्काको मद्दतमा ३१ रन बनाए। म्याकुलमले १७ बलमा ३३ रन जोडे। 

गुजरातको जितमा महत्वपूर्ण भूमिका खेलेका कप्तान रैनाले ४८ बलमा ९ चौका र ४ छक्काको मद्दतमा ८४ रन बनाए। यस्तै रविन्द्र जडेजा १९ रनमा नटआउट रहे। बलिङमा केकेआरका कुलदिप यादव नाथन कलुटर नाइलले २-२ विकेट लए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell