PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

सुवासको 'हर्ट' सार्वजनिक



पहिलोपोस्ट

सुवासको 'हर्ट' सार्वजनिक

काठमाडौं:  गायक सुवास उप्रेतीको गीती एल्बम ‘हर्ट’ सार्वजनिक भएको छ। एल्बममा समावेश ‘आज किन’ बोलको गीतको भिडियो सहित सार्वजनिक गरिएको हो।

सार्वजनिक गीतको भिडियोलाई सागर राजले निर्देशन गरेका हुन्। भिडियोमा मोडल निरिशा बस्नेत र गायक उप्रेती स्वयमको फिचरिङ रहेको छ। सिन्धुलीमा छायाँकन गरिएको भिडीयोमा अनिल के मानन्धरको छायांकन , सुप्रिम पराजुलीको सम्पादन तथा कलर देख्न सकिन्छ।

 नेदरल्याण्डको ब्रदर युनाइटेडले निर्माण गरेको यो गीत सुवासको पहिलो नेपाली गीत हो। सुवासले बलिउडमा छ सय भन्दा बढी गीत रेकर्ड गर्नुका साथै २०० ठुला स्टेज कार्यक्रमहरु गरिसकेका छन्।

हेर्नुस् भिडियो:



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell