PahiloPost

May 6, 2025 | २३ बैशाख २०८२

कपिल शर्मा सोलाई च्यालेन्ज गर्दै डक्टर गुलाटीको अर्कै सो



पहिलोपोस्ट

कपिल शर्मा सोलाई च्यालेन्ज गर्दै डक्टर गुलाटीको अर्कै सो

डक्टर गुलाटीका रुपमा चिनिने सुनिल ग्रोबरले कपिल शर्मा सोको 'राइभल' सो ल्याउने भएका छन्।

कुनै पनि हालतमा कपिल शर्मा सोमा फर्किन अस्विकार गरेका उनले नयाँ सो को तयारी गरेका हुन्। 

उनको नयाँ सो मा कपिल शर्माले झै सेलिब्रिटीहरुलाई निम्त्याउने बताइएको छ। टाइम्स अफ इन्डियाको रिपोर्ट उदृत गर्दै हिन्दुस्तान टाइम्सले जनाएअनुसार सेलिब्रिटीहरुलाई ल्याइने भए पनि सोलाई कपिल शर्माको सो भन्दा फरक बनाउन प्रयास हुनेछ। कार्यक्रममा अली असगर, चन्दन प्रभाकर र सुगन्धा मिश्र पनि जोडिने बताइएको छ। 

ग्रोबरले सोनीसँग कार्यक्रमबारे छलफल अगाडि बढाएका छन् भने अन्य प्रतिस्पर्धी च्यानलबाट पनि उनले अफर पाएका छन्। 
आगामी जुनमा यो कार्यक्रम सार्वजनिक हुने छ।

एक महिनाअघि कपिल र सुनीलबीच झगडा भएपछि कपिल शर्मा सोमा डक्टर गुलाटी अर्थात् ग्रोबर देखिएका छैनन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell