PahiloPost

Jun 4, 2025 | २२ जेठ २०८२

आइपीएल : धोनीको शानदार फिनिसिङ, स्मिथको पुनेले वार्नरको हैदरावादलाई हरायो



पहिलोपोस्ट

आइपीएल : धोनीको शानदार फिनिसिङ, स्मिथको पुनेले वार्नरको हैदरावादलाई हरायो

महेन्द्र सिंह धोनीले नटआउट ६१ रन बनाएपछि आइपीएलमा शनिबारको पहिलो खेलमा स्टिभ स्मिथको राइजिङ पुने सुपरजायन्ट्सले डेविड वार्नरको सनराइजर्स हैदरावादलाई ६ विकेटले पराजित गरेको छ। 

पुनेको जितमा धोनीले ३४ बल खेल्दै ५ चौका र ३ छक्काको मद्दतमा ६१ रन बनाए।  उनले अन्तिम बलमा चौका प्रहार गर्दै पुनेलाई सिजनको तेस्रो जित दिलाए। 

जितसँगै ६ खेलबा६ ६ अंक नै जोडेको पुने अंक तालिकामा चौथो स्थानमा उक्लेको छ। 

पुनेले अन्तिम ३ ओभरमा ४९ रन बनाएको थियो। 

यस्तै पुनेका ओपनर राहुल त्रिपाटीले ५९ रन बनाए भने कप्तान स्टिभ स्मिथले २७ रन जोडे। 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले मोएसिस अनरिकेको ५५ रनको मद्दतमा ३ विकेट गुमाएर १७६ रन बनाएको थियो। अनरिकेले २८ बल खेल्दै  ६ चौका र २ छक्का प्रहार गर्दै नटआउट ५५ रन बनाए। 

यस्तै कप्तान डेविड वार्नरले ४३, शिखर धवनले ३० तथा केन विलियमसनले २१ रन बनाए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell