
प्रिमियर लिगको शीर्ष स्थानमा रहेको चेल्सी एफए कपको फाइनलमा प्रवेश गरेको छ।
एडेन हाजार्ड र नेमान्जा माटिकले अन्तिम १५ मिनेट भित्र गोल गरेपछि प्रिमियर लिगकै दोस्रो स्थानमा रहेको टोटनहमलाई ४-२ ले पराजित गर्दै चेल्सी फाइनल पुगेको हो।
त्यसअघि विलयनले पहिलो हाफमा दुई पटल चेल्सीलाई अग्रता दिलाएका थिए। पाँचौ मिनेटमा विलियनले पहिलो गोल गर्दै अग्रता दिलाए। १८औं मिनेटमा टोटनहमका लागि ह्यारी केनले बराबरी गोल गरे।
४३औं मिनेटमा विलियनले पेनाल्टीमार्फत गोल गर्दै चेल्सीलाई २-१ को अग्रता दिलाए। ५२ औं मिनेटमा डेले अलीले टोटनहमका लागि बराबरी गोल फर्काए। तर त्यसपछि चेल्सीले २ गोल थप्यो भने टोटनहमले गोल गर्न सकेन।
७५औं मिनेटमा हाजार्डले गोल गर्दै चेल्सीलाई ३-२ को अग्रता दिलाए भने ८० औं मिनेटमा माटिकले गोल गर्दै ४-२ को जित दिलाए।
हाजार्ड विलियमकै स्थानमा दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए।
चेल्सीले अब उपाधिका लागि आइतबार हुने आर्सनल र म्यानचेष्टर सिटीको विजेतासँग खेल्नेछ।
फाइनल खेल मे २७ मा हुनेछ।