PahiloPost

Apr 26, 2026 | १३ बैशाख २०८३

आइपीएल : मुम्बईको लगातार छैटौँ जित, दिल्ली १४ रनले पराजित



पहिलोपोस्ट

आइपीएल : मुम्बईको लगातार छैटौँ जित, दिल्ली १४ रनले पराजित

खगिसो रबाडा र क्रिस मोरिसले उत्कृष्ट ब्याटिङ गरेपनि १४३ रनको लक्ष्य भेट्टाउन नसक्दा आइपीएलमा दिल्ली डेयरडेभिल्स मुम्बई इन्डियन्ससँग १४ रनले पराजित भएको छ। 

यता मुम्बईले भने लगातार छैंटौ जित हात पार्ने क्रमम दिल्लीलाई १२८ रनै रोक्यो। मुम्बईले डिफेण्ड गरेको टार्गेट यस सिजनको सबैभन्दा कम लक्ष्य समेत हो। 

पहिलो खेल हारेपनि लगातार ६ खेलमा जित हात पारेको मुम्बई १२ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा छ। ६ खेलमा २ खेल मात्र जितेको दिल्ली ४ अंकका साथ पाँचौ स्थानमा छ।

टस जितेर दिल्लीले मुम्बईलाई पहिलो ब्याटिङको निम्तो दिँदै निर्धारित २० ओभरमा १४२ रनमा रोकेको थियो। मुम्बईका लागि जोस बटलरले सर्वाधिक २८ रन बनाए। काएरन पोलार्डले २६, हार्दिक पाण्ड्याले २४ तथा क्रुनल पाण्ड्याले १७ रन बनाए। बलिङमा दिल्लीका अमित मिश्रा र प्याट कमिङ्सले २-२ विकेट लिए। 

जवाफमा १४३ रनको लक्ष्य पछ्याएको दिल्ली पूरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १२८ रनमा रोकियो। दिल्लीका लागि रबाडा र मोरिस बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंक छुन सकेनन्। 

६.३ ओभरमा २४ रन बनाउँदा दिल्लीका ६ विकेट पतन भएको थियो। तर सातौँ विकेटका लागि रबाडा र मोरिसले ९१ रनको साझेदारी गर्दै दिल्लीको फराकिलो हार टानरेका थिए। 

डेब्यु खेलमै रबाडाले शानदार ब्याटिङ गर्दै ४४ रन बनाए। ३९ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरे। रबाडाले १ वकेट समेत लिएका थिए। ४१ बल खेलेका मोरिसले ५ चौका र १ छक्कको मद्दतमा नटआउट ५४ रन बनाएपनि हार टार्न पर्याप्त भएन। 

दिल्लीलाई कम स्कोरमै रोक्न मुम्बघका मिचेल म्याकलेघानले ३ विकेट लिए। यस्तै जस्पृत बुमराहले २ विकेट झारे। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell